एमालेका सांसद कोइरीको विषयले संसद्‌मा विवाद चर्कियो, बैठक नै रोकियो

हिमाल प्रेस १५ वैशाख २०८० १७:४५ | Friday, April 28, 2023
एमालेका सांसद कोइरीको विषयले संसद्‌मा विवाद चर्कियो, बैठक नै रोकियो सभामुख देवराज घिमिरे।

काठमाडौँ- नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई कारबाही नगरिएको भन्दै सत्ता पक्षले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक ३० मिनेटलाई स्थगित गरेका छन्। सत्ता पक्षका सांसदहरूले फरार अभियुक्त रहेका कोइरीलाई बिरामी भएर अनुपस्थित भएको भन्ने विषय रेकर्डबाट हटाउन माग गरे।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभामुखले जग हसाइ गरेको आरोप लगाए। सत्ता पक्षका सांसदहरूको प्रश्न थेग्न नसकेपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू गृहमन्त्री हुँदा कोइरीलाई फरार अभियुक्तको रुपमा खोजी गरिएको भन्दै कारबाही गर्न माग गरे। लामिछानेले कोइरी बिरामी नभई फरार अभियुक्त भएको पनि बताए।

प्रकाशित: १५ वैशाख २०८० १७:४५ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast