काठमाडौँ- उपनिर्वाचनबाट निर्वाचित दुई प्रतिनिधिसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने र तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वर्णिम वाग्लेले सभामुख देवराज घिमिरेमार्फत शपथ लिएका हुन्।
सभामुख घिमिरेले शपथग्रहण गराउनुका साथै सांसदको लोगो वितरण गरेका छन्। यता बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपेन्द्र यादव भने नअनुपस्थित रहे।
प्रकाशित: १५ वैशाख २०८० ११:५३
प्रतिक्रिया