उपनिर्वाचनबाट निर्वाचित लामिछाने र वाग्लेले आज शपथग्रहण गर्दै

हिमाल प्रेस १५ वैशाख २०८० १०:०४ | Friday, April 28, 2023
उपनिर्वाचनबाट निर्वाचित लामिछाने र वाग्लेले आज शपथग्रहण गर्दै

काठमाडौँ- उपनिर्वाचनबाट चुनिएका दुई प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण आज हुँदैछ।

चितवन-२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ-१ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेको संघीय संसद्का सहसचिव एकराम गिरीले जानकारी दिए।

उनीहरूलाई कानुन न्याय तथा मानवअधिकारको हलमा सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन्।

बारा-२ बाट निर्वाचित सांसद उपेन्द्र यादव काठमाडौं बाहिर भएकोले आज शपथ नहुने गिरीले बताए।

प्रकाशित: १५ वैशाख २०८० १०:०४ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast