वित्तीय सूचकमा सुधार : गभर्नर अधिकारी

हिमाल प्रेस १४ वैशाख २०८० १८:५६ | Thursday, April 27, 2023
वित्तीय सूचकमा सुधार : गभर्नर अधिकारी फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकमा सुधार हुँदै आएको बताएका छन्। राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा गभर्नर अधिकारीले तरलताको अवस्थामा पनि क्रमिक सुधार आएको बताएका हुन्।

ब्याजदर माथिको दबाब पनि कम हुँदै गएकाले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू क्रमशः सुदृढ हुँदै आएको उनको भनाइ थियो। सोधानान्तरस्थिति बचतमा रहन थालेकाले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रको बाह्य क्षेत्रलगायत तरलतामा पनि सुधार आएको उनले बताए।

मुद्रास्फिति घट्दो क्रममा रहेको र आयात घट्दा सरकारी वित्तमा भने केही दबाब परेको उनको भनाइ थियो। केही बैंकहरूले ब्याजदर घटाउन थालेकाले आन्तरिक आर्थिक गतिविधिहरूमा सुधार हुँदै जाने उनले बताए।

प्रकाशित: १४ वैशाख २०८० १८:५६ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast