नेपाल-इटाली चेम्बरको उपाध्यक्षमा राजवंशी मनोनीत

हिमाल प्रेस १४ वैशाख २०८० १४:४८ | Thursday, April 27, 2023
नेपाल-इटाली चेम्बरको उपाध्यक्षमा राजवंशी मनोनीत

काठमाडौँ- नेपाल-इटाली चेम्बर अफ कमर्सको उपाध्यक्षमा रूपक राजवंशी मनोनीत भएका छन्।

चेम्बरको दोस्रो बैठकले रिक्त उपाध्यक्ष पदमा राजवंशीलाई चयन गरेको हो। लामो समयदेखि शिक्षा क्षेत्रसँग आबद्ध राजवंशी सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्राचार्यसमेत हुन्।

चेम्बर अध्यक्ष सञ्जय अग्रवालको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयगत समिति पनि गठन गरेको छ। चेम्बरका अनुसार कार्यसमिति सदस्य सरिक बोगटीको संयोजकत्वमा पर्यटन प्रवर्द्धन समिति, विनोद सग्तानीको संयोजकत्वमा उद्योग तथा लगानी प्रवर्द्धन समिति, सुवासविक्रम शाहको संयोजकत्वमा व्यापार तथा आर्थिक प्रवर्द्धन समिति गठन गरिएको छ।

यस्तै कार्यसमिति सदस्य किशोर भट्टराईको संयोजकत्वमा संस्कृति, खेलकुद शिक्षा तथा सामाजिक प्रवर्द्धन समिति गठन भएको छ।

प्रकाशित: १४ वैशाख २०८० १४:४८ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast