काठमाडौँ- ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साँघुमा चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ। दुईजना घाइते भएका छन्।
बुधबार राति करिब ९ बजेतिर घरमा बसिरहेको बेला घरमा चट्याङ पर्दा ११ वर्षका दार्ची शेर्पाको ज्यान गएको हो।
चट्याङ लागेर बालकका बुबा दारिन्जेन शेर्पा र आमा मिङ्लाल्हामु शेर्पा घाइते भएको हो।
घाइते दुवै जनाको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए।
प्रकाशित: १४ वैशाख २०८० ७:५९
प्रतिक्रिया