चुनावको दिन ‍अनेरास्वियुका नेताको हत्या आरोपमा वडा अध्यक्षसहित तीन पक्राउ

हिमाल प्रेस १५ मंसिर २०७९ १६:१२
88
SHARES
चुनावको दिन ‍अनेरास्वियुका नेताको हत्या आरोपमा वडा अध्यक्षसहित तीन पक्राउ वडा अध्यक्ष अयडी

काठमाडौँ- बाजुरामा एमालेनिकट अनेरास्ववियुका नेता चेतन अयडीको हत्या आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान गर्ने भन्दै प्रहरीले जिल्लाको त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष जुद्धबहादुर अयडीसहित तीन जनालाई पक्राउ गरेको हो।

मृतक अयडीका परिवारका सदस्य तथा आफन्तहरूले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्षसहित २२ जनाविरुद्ध उजुरी दिएका थिए।

मंसिर ४ मा भएको प्रदेश तथा प्रतिनिधिसभाको चुनावको मतदानको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद तथा झडप भएको थियो। मंसिर ४ गतेका दिन निर्वाचन सम्पन्न भइसकेपछि आफ्नै घरमा रहेका अयडीलाई घरबाट बाहिर ल्याएर हत्या अभियोगमा तीन जनालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ। ‘वडा अध्यक्षसहित तीन जनालाई हामीले दुई दिनअघि नै पक्राउ गरेका हौँ,’ जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी सूर्य थापाले हिमालप्रेससँग भने,’घटनाबारे हामी अनुसन्धान गर्दैछौँ।’

सोही घटनाका कारण बाजुरामा निर्वाचन सकिएको १२ दिनपछि आज मतगणनाको काम सुरु हुँदैछ।

यी वडा अध्यक्षविरुद्ध केही समय अघि पनि मुद्दा दर्ता भएको थियो। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो।   वडा अध्यक्ष अयडी अयडी नेपाली का‌ंग्रेसबाट उम्मेदवार भएर निर्वाचित भएका हुन्।

प्रकाशित: १५ मंसिर २०७९ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =