मंगलदीप चम्पा अगरबत्ती जिपलक प्याकमा

हिमाल प्रेस १३ वैशाख २०८० १२:१५ | Wednesday, April 26, 2023
मंगलदीप चम्पा अगरबत्ती जिपलक प्याकमा

काठमाडौँ- सूर्य नेपाल प्रालिको नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटीसहितको जिपलक प्याकमा सार्वजनिक भएको छ।

यस जिपलक प्याकमा १६५ वटा सुगन्धित र गुणस्तरीय काँटी रहेका छन्। जसको मूल्य १०० रुपैयाँमा प्रतिप्याक कायम गरिएको कम्पनीले जनाएको छ।

जिपलकमा प्याक गरिएको कारणले काँटीको सुगन्ध बढी समयसम्म रहने कम्पनीको दाबी छ। हरेक प्रयोगपछि जिपलक बन्द गरी राख्दा गुणस्तरमा ह्रास नआउने कम्पनीले जनाएको छ।

मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, अर्पण, चन्दन, ल्यावेंडर, ज्यासमिन, त्रिसारा, त्रेया तथा पुष्पाञ्जली लगायतका विभिन्न ब्राण्ड बजारमा छन्।

प्रकाशित: १३ वैशाख २०८० १२:१५ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast