काठमाडौँ- आइएमई पेले अमेरिका, क्यानडा र अस्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा दिँदै आएको बोनसलाई निरन्तरता दिएको छ।
भुक्तानी सेवा प्रदायक आइएमई पेले यसअघि सबै मुलुकबाट रेमिट्यान्स आउँदा ‘आइएमई पे कन्ट्रोल’ नम्बर राखी रेमिट्यान्स दाबी गर्दा ग्राहकलाई ५० रुपैयाँ बोनस दिँदै आएको छ।
मंगलबार विज्ञप्ति निकाल्दै त्यसलाई अब उक्त तीन देशबाट आउने रेमिट्यान्स प्राप्त गर्दा पनि बोनस पाइने आइएमई पेले जानकारी दिएको हो।
उक्त बोनस व्यवस्थाले ग्राहकलाई बिना झन्झट विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन मिल्ने आइएमई पेको भनाइ छ।
प्रकाशित: १२ वैशाख २०८० १५:४४ | Tuesday, April 25, 2023
प्रतिक्रिया



