नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस १२ वैशाख २०८० १२:३९
2
SHARE
नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता sf7df8f}F, !@ j}zfvM k|d bfxfnnfO{ Wofgfsif{0f kq k|wfgdGqL k'iksdn bfxfn æk|r08ÆnfO{ afn'jf6f/df dªunaf/ æofqLÆ nufot g]kfnd} pTkflbt ;jf/L;fwgnfO{ ;~rfng cg'dlt k|bfg ug{ / gjk|jt{gsf] If]qdf nufgL j[l4 ug{ Wofgfsif{0f kq a'emfpFb} /fli6«o cflj:sf/ s]G›sf cWoIf 8f dxfjL/ k'g . tl:a/Mk|bLk/fh jGt÷/f;;

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

मंगलबार बिहान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा महावीर पुनको टोलीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताए।

भेटमा अध्यक्ष डा पुनले ‘यात्री’ लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

डा. पुनले नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र प्रवर्धन गर्ने प्रयोजनका निम्ति सरकारले कानुन ल्याउने तयारी गरेकोमा धन्यवाद दिँदै कानुन निर्माणको काम छिट्टै सम्पन्न गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

प्रकाशित: १२ वैशाख २०८० १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =