बारा-२ का एमाले उम्मेदवार भन्छन् : जनादेश हाम्रो पक्षमा छैन

हिमाल प्रेस १२ वैशाख २०८० ७:३६ | Tuesday, April 25, 2023
बारा-२ का एमाले उम्मेदवार भन्छन् : जनादेश हाम्रो पक्षमा छैन

काठमाडौँ- बारा-२ को उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिएका पुरुषोत्तम पौडेलले निर्वाचनको प्रारम्भिक परिणामले उत्साही नबनाएको बताएका छन्।

उनले मतगणना चलिरहेको अवस्थामा अहिलेको जनादेश आफ्नो पक्षमा आउने छाँटकाँट नदेखिएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘निर्वाचनको प्रारम्भिक परिणामले हामीलाई उत्साही बनाएको छैन । हामीलाई अझ मेहनत गर्न भनिरहेको अवस्था छ।’ उनले भनेका छन्,‘अहिलेको जनादेश हाम्रो पक्षमा आउने छाँटकाँट छैन । यो उपनिर्वाचनमा जे जस्तो परिणाम आएपनि जनादेश भनेको जनादेश नै हो।’

प्रकाशित: १२ वैशाख २०८० ७:३६ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast