तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी

हिमाल प्रेस १२ वैशाख २०८० ५:३१ | Tuesday, April 25, 2023
तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी तस्बिर- हिमाल प्रेस

काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन्। वाग्ले ३४ हजार ४८० मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत पाए। यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालल ८ हजार ५५५ मत पाएका तेस्रा भएका छन्।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ-१ मा आइतबार उपनिर्वाचन भएको हो।  पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए। वाग्ले पौडेलले भन्दा बढी मतान्तरका साथ विजयी भएका छन्।

अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेसबाट गत चैत १६ मा अलग भएको घोषणा गरेका थिए। त्यसपछि उनी उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका हुन्। डा. वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्।

प्रकाशित: १२ वैशाख २०८० ५:३१ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast