सुडान युद्ध : शान्ति मिसनमा रहेका नेपाली सडकमार्ग हुँदै अन्य गन्तव्यतर्फ

हिमाल प्रेस ११ वैशाख २०८० १५:५१ | Monday, April 24, 2023
सुडान युद्ध : शान्ति मिसनमा रहेका नेपाली सडकमार्ग हुँदै अन्य गन्तव्यतर्फ फाइल तस्बिर।

काठमाडौँ- शान्ति मिसनका लागि सुडानमा रहेका नेपाली सुरक्षा अधिकारीले आफू बसिरहेको स्थान छाडेका छन्। सुरक्षित गन्तव्यका लागि दुई जना सुडानको छिमेकी देश चाड पुगेका नेपाली सेनाले जानकारी दिएको छ।

नेपाली सेनाकाअनुसार एक जना नेपाली पोर्ट सुडान पुगेका छन् र एक जना साउथ सुडान पुगेका छन्। उनीहरू सडकमार्ग हुँदै सुरक्षित गन्तव्यमा पुगेका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। उनकाअनुसार सुडानमा शान्ति मिसनमा रहेका अरु नेपाली सुरक्षा अधिकारी पनि सुरक्षित छन्।

शान्ति मिसनमा नेपाली सेनाका दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एक जना रहेका छन्। सुडानमा अघिल्लो शनिबारदेखि आन्तरिक द्वन्द्व चर्किएको छ। रासस

सुडान युद्ध : खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ बाहिरिए

प्रकाशित: ११ वैशाख २०८० १५:५१ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast