सुडान युद्ध : खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ बाहिरिए

हिमाल प्रेस १० वैशाख २०८० २०:४०
4
SHARES
सुडान युद्ध : खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ बाहिरिए

वासिङ्टन- अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ। एक सातायता खार्तुममा युद्ध भइरहेपछि आ-आफ्नै निवासमा उद्धारको प्रतीक्षामा बसेका कूटनीतिज्ञ र तिनका परिवारलाई आइतबार त्यहाँबाट अन्यत्र सारिएको हो।

अमेरिकी सेनाले आफ्नो आदेशमा सबै सरकारी कर्मचारीलाई खार्तुमबाट सुरक्षित स्थानमा पुर्‍याएका राष्ट्रपति जो बाइडेनले बताए। उद्धारमा अमेरिकी सेनालाई सघाएकोप्रति उनले जिबुटी, साउदी अरब र इथियोपियाप्रति आभार व्यक्त गरे।

अमेरिकी अधिकारीहरूका अनुसार करिब एक सय अमेरिकी सेनाको फौजले केही क्षणमै झण्डै एक सय जना कूटनीतक कर्मचारी तिनका परिवारजनलाई हेकिप्टरमार्फत दूतावास भवनबाट बाहिर लगिएको हो। तीनवटा चिनुक हेलिकप्टरमार्फत अमेरिकी सेनाका अधिकारी जिबुटी, इथियोपिया हुँदै सुडान पुगेका थिए।

अहिले खार्तुमस्थित अमेरिकी दूतावास बन्द छ। अमेरिकी विदेश मन्त्रालयले सुडानमा रहेका आफ्ना नागरिकलाई असुरक्षाका कारण कन्सुलर सेवा प्रदान गर्न नसकिने बताएको छ।

शनिबार खार्तुमबाट करिब एक सय ५० जनालाई उद्धार गरिएको थियो। कूटनीतिज्ञ र अन्तरराष्ट्रिय निकायमा कार्यरत कर्मचारीलाई उद्धार गरिएको हो। उद्धार गरिएकामा खाडी मुलुक, इजिप्ट, पाकिस्तान र क्यानाडका नागरिक छन्।

सुडानको राजधानी खार्तुममा एक सातायता जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीच झडप भइरहेको छ। झडपमा चार सय जनाले ज्यान गुमाएका छन् भने करिब चार हजार जना घाइते भएका छन्। रासस/एपी

प्रकाशित: १० वैशाख २०८० २०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =