रविको स्टाटस सेयर गरेको भन्दै स्वर्णिमलाई स्पष्टीकरण

हिमाल प्रेस ११ वैशाख २०८० १५:५६ | Monday, April 24, 2023
रविको स्टाटस सेयर गरेको भन्दै स्वर्णिमलाई स्पष्टीकरण

काठमाडौँ– राष्ट्रिय स्तन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको फेसबुक स्टाटस सेयर गरेको भन्दै स्वर्णिम वाग्लेलाई निर्वाचन आयोग जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले स्पष्टीकरण सोधेको छ।

तनहुँ १ का उम्मेदवार रहेका वाग्ललाई जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले २४ घण्टे स्पष्टीकरण सोधेको हो। प्रचारप्रसार निषेधको अवधि सुरु भइसकेपछि वैशाख १० गते (आइतबार) निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) र (घ) प्रतिकूल हुने कार्य गरेको भन्दै समितिले स्पष्टीकरण सोधेको हो।

सामाजिक सञ्जालमामार्फत लामिछानेको स्टाटस सेयर गरी मतदाता प्रभावित पार्ने कार्य गरेको भन्दै उजुरी परेपछि वाग्लेलाई समितिले स्पष्टीकरण सोधेको हो।

‘निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी मतदाता प्रभावित पार्ने कार्य गर्नु भएको हो /होइन?, मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैं वा प्रतिनिधिमार्फत उपस्थित भई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न,’ समितिले भनेको छ।

प्रकाशित: ११ वैशाख २०८० १५:५६ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast