तनहुँमा स्वर्णिमको अग्रता कायमै

हिमाल प्रेस ११ वैशाख २०८० १५:०७ | Monday, April 24, 2023
तनहुँमा स्वर्णिमको अग्रता कायमै

तनहुँ– आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतगणना जारी छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन्। सुरुदेखि नै अग्रता बनाइरहेका वाग्लेको कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको भन्दा ७ हजार बढी मत छ।

अहिलेसम्म विभिन्न पालिकाका २१ वडाको मत गणना सकिएको छ। २९ हजार ८०२ मत गणना सकिँदा वाग्लेले १५ हजार १ सय ३५ मत ल्याएका छन् भने निकटतम् प्रतिष्पर्धी भट्टराईले ८ हजार ७ सय ३१ मत प्राप्त गरेका छन्। एमालेका सर्वेन्द्र खनालले ५ हजार मत ल्याएका छन्।

प्रकाशित: ११ वैशाख २०८० १५:०७ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast