तनहुँ-१ मतगणना : पाँचहजार बढी मतले स्वर्णिमको अग्रता कायमै

हिमाल प्रेस ११ वैशाख २०८० १३:५२ | Monday, April 24, 2023
तनहुँ-१ मतगणना : पाँचहजार बढी मतले स्वर्णिमको अग्रता कायमै

काठमाडौँ- आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतगणना जारी छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन्। सुरुदेखि नै अग्रता बनाइरहेका वाग्लेको कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको भन्दा पाँच हजार बढी मत छ।

अहिलेसम्म विभिन्न पालिकाका १९ वडाको मत गणना सकिएको छ। २५ हजार ३ सय ६९ मत गणना सकिँदा वाग्लेले १२ हजार ७ सय ५ मत ल्याएका छन् भने भट्टराईले ७ हजार ६ सय ४७ ल्याएका छन्। एमालेका सर्वेन्द्र खनालले ४ हजार २ सय २० मत मात्रै छ।

प्रकाशित: ११ वैशाख २०८० १३:५२ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast