राष्ट्रपति रामचन्द्र पौडेल।
काठमाडौँ– भारतको नयाँ दिल्लीमा उपचारारत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ। उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आइतबार यस्तो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबारदेखि उनको उपचार जारी छ। छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए।
प्रकाशित: १० वैशाख २०८० २०:४० | Sunday, April 23, 2023
प्रतिक्रिया




