प्रचण्ड भन्छन् : कम्युनिस्ट पार्टीबीच एकता गरेर फेरि नेकपा बनाउनेबारे छलफल गरिरहेका छौँ

हिमाल प्रेस १० वैशाख २०८० १५:१२ | Sunday, April 23, 2023
प्रचण्ड भन्छन् : कम्युनिस्ट पार्टीबीच एकता गरेर फेरि नेकपा बनाउनेबारे छलफल गरिरहेका छौँ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिस्ट पार्टीहरूबीच एकता गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताएका छन्। कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एकीकृत समाजवादीले आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलन: उपलब्धी चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेकपा एमालेसँग एकता गरेर बनेको नेकपामै फर्किने गरी पार्टीहरू एक हुनुपर्ने पनि बताए। ‘जो कम्युनिस्ट पार्टीको एकता वा जनवादी केन्द्रीयताको सिद्धान्त, सामूहिक नेतृत्वको सिद्धान्तविरुद्ध छन् उनीहरू एकताको पक्षमा छैनन्। तर, हामीहरू अहिले पनि एकताकै पक्षमा छौँ,’ उनले भने, ‘अहिले माधव कमरेड र हामीहरूसहित थुप्रै नेताहरूसँग जे छलफल भइरहेको छ। हामी भनिरहेका छौं नेकपातिरै फर्किनुपर्छ। कम्युनिस्ट पार्टीमा नेतृत्वलाई ‘कि’ भन्ने गरिन्छ र हो पनि । नेतृत्वले गलत विचार अगिंकार गर्‍यो भने ठूलो क्षति हुन्छ।’

उनले सबै कम्युनिस्ट विचार बोक्नेहरूलाई एक ठाउँमा आउन पनि अपिल गरे। समाजवादी मोर्चा घोषणा गरेर सबैलाई नेकपातिर फर्किन आग्रह गरिने उनको भनाइ छ।

प्रकाशित: १० वैशाख २०८० १५:१२ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast