महँगो हवाई भाडाबारे ईपीएस कोरियालाई सरकारको स्पष्टीकरण

हिमाल प्रेस ९ वैशाख २०८० १७:४३ | Saturday, April 22, 2023
महँगो हवाई भाडाबारे ईपीएस कोरियालाई सरकारको स्पष्टीकरण

काठमाडौँ- सरकारले महँगो हवाई भाडाबारे रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखालाई स्पष्टीकरण सोधेको छ। नेपालबाट दक्षिण कोरियाका लागि हवाई भाडा अत्यधिक महँगो भएकोबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ईपीएस शाखालाई स्पष्टीकरण सोधेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका अनुसार कोरिया जाने अत्यधिक महँगो टिकटबारे श्रम मन्त्रालयमार्फत ईपीएसलाई तीन दिनभित्र जवाफ पेस गर्नेगरी स्पष्टीकरण सोधिएको हो।

ईपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो? प्रतिव्यक्ति नाफा कति आउँछ? भनी प्रश्न सोधिएको मन्त्री किराँतीले जानकारी दिए। त्यस्तै कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोकेको छ? समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ? लगायतकाका जवाफ माग गर्दै श्रम मन्त्रालयले स्पष्टीकरण सोधेको उनको भनाइ थियो।

त्यसैगरी कोरियन एयरलाइन्सले १ लाख ८५ हजार रुपैयाँ लिने टिकट मूल्य ट्रान्जिट भएर जाँदा ७० हजार रुपैयाँ मात्रै भाडा कनि लाग्छ? कोरियन एयरलाइन्सले किन अत्यधिक भाडा लिएको हो? लगायतको जवाफ माग गरिएको छ। रासस

प्रकाशित: ९ वैशाख २०८० १७:४३ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast