नेकपा एस छोडेका मुकुन्द न्यौपानेसहित ३० जना केन्द्रीय सदस्य एमाले फर्किए

हिमाल प्रेस ९ वैशाख २०८० १६:३२ | Saturday, April 22, 2023
नेकपा एस छोडेका मुकुन्द न्यौपानेसहित ३० जना केन्द्रीय सदस्य एमाले फर्किए

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपाने नेकपा एमाले प्रवेश गरेका छन्। शनिबार पार्टी कार्यालय च्यासलमा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरूले स्वागत गरेका हुन्।

न्यौपानेसहित नेकपा एसका नेता चुडामणि जंगली, मुना वानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वर दयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ, छविलाल पौडेल, तोरणबहादुर केसी, माया अधिकारी, दलबहादुर केसी, भीमकान्त पोखरेल, खेमराज आचार्य, चन्द्रकिशोर गौतम, देवी गिरी, चन्द्रप्रसाद गुरुङ, लालसिंह घताने, हर्कबहादुर गुरुङ, विकास तामाङ, सरोज घलान, वाल्बो तामाङ, सुकमान तामाङ, हर्कमान तामाङ लगायत दर्जनौं नेताहरू एमाले प्रवेश गरेका छन्।

न्यौपानले उनले गत साता काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आफूले नेकपा एस परित्याग गरेको घोषणा गरेका थिए।

मजदुर आन्दोलनको नेतृत्व गर्दै एमालेबाट राष्ट्रिय राजनीतिमा आएका न्यौपाने नेकपा एसमा सम्मानित नेता झलनाथ खनालभन्दा तल्लो वरीयतामा थिए। उनले नेकपा एसका नेतामा सत्तास्वार्थ हाबी हुँदै कम्युनिष्ट चरित्र सकिँदै गएकाले आफू सो पार्टीमा रहन नसकेको बताएका छन्।

प्रकाशित: ९ वैशाख २०८० १६:३२ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast