सांकेतिक तस्बिर।
                                            जनकपुरधाम- धनुषामा दाइजोका लागि श्रीमतीलाई आगो लगाई हत्या गर्ने प्रयास गरेको घटनाका आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाका राजीव झालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले घरेलु हिंसा मुद्दामा जाहेरी परेपछि प्रहरीले पीडितको श्रीमान्लाई पक्राउ गरेको बताए।
नयाँ वर्षको दिन श्वेता झालाई श्रीमानसहित परिवारका अन्य सदस्यले दाइजोका लागि जलाएर हत्या गर्ने प्रयास गरेका थिए।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा अहिले श्वेताको उपचार भइरहेको छ।
विवाहको १० वर्ष बितिसक्दा पनि तीन तोला सुन अहिलेसम्म नदिएकाले विगतदेखि आफूलाई परिवारमा कुटपिट हुँदै आएको श्वेताको आरोप छ ।
                            प्रकाशित: ९ वैशाख  २०८० ११:४० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

