पार्टीभित्र एकता कमजोर हुँदा एमालेको जनमत खण्डित भयो : शंकर पोखरेल

हिमाल प्रेस ८ वैशाख २०८० १८:१४ | Friday, April 21, 2023
पार्टीभित्र एकता कमजोर हुँदा एमालेको जनमत खण्डित भयो : शंकर पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउनका लागि योजनाबद्ध पहल गर्ने बताएका छन्। नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार आयोजना गरेको मिसन ग्रासरुस अनुभवन र सिकाइ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

पार्टीभित्र एकता कमजोर हुँदा एमालेको जनमत खण्डित भएकाले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउनका लागि योजनाबद्ध पहल गर्ने उनको भनाइ छ।

अहिलको चूनाव प्रणालीभित्र बहुमत सम्भव नभएको भन्ने कुरा गरिरहँदा ४० प्रतिशत मत हासिल गर्न सकिए समानुपातिकतर्फ थ्रेसहोल्का कारण ४५ प्रतिशत सिट प्राप्त गर्न सकिने उनले जनाए। एमालेका जनप्रतिनिधिहरूको भूमिका प्रभावकारी हुन सक्दा एमालेले जितेका स्थानमा पनि जनमत घटिरहेको देखिएकाले अब जनप्रतिनिधीहरूको भूमिकालाई प्रभावकारी बनाउन ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए।

आधारभूत आवश्यकता पुरा भएका जमातलाई प्रमुख पार्टीविरुद्ध भड्काउने प्रबृतिका कारण बैकल्पिक भन्नेहरूले स्थान पाएको उनको भनाइ छ। पोखरेलले आगामी निर्वाचनमा एमालेको एकल बहुमतले सरकार बनाउने उदेश्यका साथ पार्टीलाई बलियो बनाउँदै अघि बढाउन मिसन ग्रासरुट प्रभावकारी हुने जिकिर गरे।

प्रकाशित: ८ वैशाख २०८० १८:१४ | Friday, April 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast