काठमाडौँ- नेपाली सेनाले गोरखा–जितगढी पदयात्रा सम्पन्न गरेको छ। नेपालका ऐतिहासिक सम्पदा तथा घटनाक्रमको संरक्षण गर्ने उद्देश्यले चैत २९ गतेदेखि सुरु गरिएको पदयात्रा बिहीबार बुटवलको जितगढीमा पुगेर सम्पन्न भएको हो।
गोरखा दरबारबाट सुरु भएको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ ओटा स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) हरु तथा जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा गरेका थिए।
प्रकाशित: ७ वैशाख २०८० २१:२५ | Thursday, April 20, 2023
प्रतिक्रिया




