सहयोगका लागि आउने विदेशीले देश नै लुट्न सक्छन् : विप्लव

हिमाल प्रेस ६ वैशाख २०८० २०:३५ | Wednesday, April 19, 2023
सहयोगका लागि आउने विदेशीले देश नै लुट्न सक्छन् : विप्लव फाइल तस्बिर।

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा राजनीतिक स्थीर हुन नसकेका कारण अनेक समस्या उत्पन्न भएको बताएका छन्। जनप्रचार तथा प्रकाशन प्रालिले बुधबार काठमाडौंमा गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व विषय अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कुनै एक सरकारले पूर्णकालीन काम गर्न नपाउने गरी मुलुकमा राजनीतिक अस्थिरता देखिएको र यसको असर मुलुकको आर्थिकलगायत विभिन्न क्षेत्रमा देखिएको उनको भनाइ छ। अहिले पनि पछिल्लो निर्वाचनपछि सरकारले पूर्ण आकार पाउन नपाउदै सरकार परिवर्तनको खेल सुरु भइसकेको उनले उल्लेख गरे।

पछिल्लो १५ वर्ष मुलुकको नेतृत्व गरेका कुनै पनि राजनीतिक दलका नेताहरूले जनताप्रतिको जिम्मेवारी पूरा गर्न नसकेको उनले आरोप लगाए।

मुलुकको राज्यप्रणाली संकटग्रस्त भए उद्धारका नाममा आउने विदेशी शक्तिहरूले सम्पूर्ण देश नै कब्जा गर्ने र लुट्ने खतरा रहेको बताउँदै उनले मुलुकको परिवर्तनका लागि योगदान गर्नेहरूलाई अपराधीकरण गर्न खोजिए दुर्दशा निम्तने चेतावनी दिए।

परिवर्तनका अगुवालाई अपराधी घोषित गर्न खोजिए कांग्रेस एमालेलगायत कुनै पनि पार्टीका नेतहरू नबच्ने स्पष्ट पारे। अहिलेको राज्य प्रणालीले जनचाहनाको प्रतिनिधित्व गर्न नसकेको प्रति सिंगो समाज प्रष्ट रहेको उनले जिकिर गरे।

प्रकाशित: ६ वैशाख २०८० २०:३५ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast