केपी ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

हिमाल प्रेस ४ वैशाख २०८० १६:५५
12
SHARES
केपी ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिएका छन्।

घरमै आराम गरिरहेका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा. दिव्यासिंह शाहले गरिरहेकी छन्। ‘उहाँको स्वास्थ्य अवस्था हिजोभन्दा सुधारोन्मुख भइरहेको छ,’ प्रेस संयोजक बजगाईँले भने, ‘भाइरल ज्वरो भएकाले सिटामोल खाइरहनुभएको छ।’

आइतबार पार्टी अध्यक्ष ओलीलाई भाइरल ज्वरोका कारणले स्वास्थ्यमा समस्या आएको थियो। सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेले ओली निवास बालकोटमा पुगी स्वास्थ्य लाभको कामना गरेका थिए। रासस

 

प्रकाशित: ४ वैशाख २०८० १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =