काठमाडौँ– मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रालिमा छुट पाउने भएका छन्। बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङका ग्राहकले होटलका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
ल्याण्डमार्कका काठमाडौँ, पोखरा र चितवनमा रहेका होटलमा उक्त छुट प्राप्त हुने कम्पनीले जनाएको छ।
यसका साथै बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजनाअन्तर्गत २ करोडसम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण/खरिद कर्जा, अटो तथा हायरपर्चेज् कर्जा, सेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा व्यक्तिगत कर्जा तीन दिनभित्र उपलब्ध गराउने बैंकले जनाएको छ।
प्रकाशित: ४ वैशाख २०८० १३:५५ | Monday, April 17, 2023
प्रतिक्रिया



