३.५१ अंकले घट्यो नेप्से, कारोबार ८४ करोडमा सीमित

हिमाल प्रेस १४ मंसिर २०७९ १५:२२ | Wednesday, November 30, 2022
३.५१ अंकले घट्यो नेप्से, कारोबार ८४ करोडमा सीमित

काठमाडौँ– बुधबार सेयर बजार परिसूचक (नेप्से) ३.५१ अंकले घटेको छ। सामान्य अंकले घटेको परिसूचक १९४९.८५ बिन्दुमा पुगेर रोकिएको हो।

बुधबार ६ कम्पनीको मूल्य स्थिर रह्यो। ६४ कम्पनीको मूल्य बढेको छ भने १२४ कम्पनीको मूल्य घटेको छ।

बुधबार २३८ कम्पनीको २३ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८४ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ।

कारोबार रकमका हिसाबले बुधबार हिमालयन डिस्टिलरी पहिलो नम्बरमा छ। यसको ४ करोड ७९ लाख रुपैयाँको कारोबार हुँदा दोस्रो नम्बरमा रहेको नबिल बैंकको ४ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ।

बुधबार ग्रिनलाइफ हाइड्रोपावरको सेयर मूल्य ४.१७ प्रतिशत, खप्तड लघुवित्तको ४ प्रतिशत, रुरु जलविद्युत् परियोजनाको ३.३१ प्रतिशतले सेयर मूल्य बढेको छ।

यस्तै लक्ष्मी इक्युटी फन्डको सेयर मूल्य ५.७१ प्रतिशतले घटेको छ। विन नेपाल लघुवित्त, गुह्श्वरी मर्चेन्ट, आरबीबी म्युचुअल फन्डलगायतका कम्पनीका लगानीकर्ता धेरै गुमाउनेमा परेका छन्।

बुधबार माइक्रोफाइनान्स उपसमूहको सूचक ०.०१ र अन्य उपसमूहको सूचक ०.८८ प्रतिशतले बढेको छ। बाँकी सबै उपसमूहको सूचक घटेको छ।

प्रकाशित: १४ मंसिर २०७९ १५:२२ | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast