उद्योग वाणिज्य महासंघको निर्वाचन : एसोसियट उपाध्यक्षमा ज्योत्सना विजयी

हिमाल प्रेस ३० चैत २०७९ ८:०१ | Thursday, April 13, 2023
उद्योग वाणिज्य महासंघको निर्वाचन : एसोसियट उपाध्यक्षमा ज्योत्सना विजयी

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा रामचन्द्र संघई प्यानलकी ज्य‍ोत्सना श्रेष्ठ विजयी भएकी छन्। उनले ८४६ मत ल्याइन् भने अर्का उम्मेदवार भरत आचार्यले ७८१ मत ल्याएका छन्।

यसअघि जिल्ला, नगर उपाध्यक्षमा संघई प्यानलकै सुरकृष्ण वैद्य विजयी भएका थिए। वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन्।

महासंघको चुनावका लागि बुधबार काठमाडौँमा मतदान भएको थियो।

प्रकाशित: ३० चैत २०७९ ८:०१ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast