बालुवा उत्खनन्‌मा ५ करोड घोटाला आराेपमा भीमदत्तका तत्कालीन कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर

हिमाल प्रेस २९ चैत २०७९ १८:४५ | Wednesday, April 12, 2023
बालुवा उत्खनन्‌मा ५ करोड घोटाला आराेपमा भीमदत्तका तत्कालीन कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको महाकाली नदीमा ढुंगा, गिट्टी, बालुवा उतखनन्मा करिब साढे ५ करोड रुपैयाँ घोटाला भएको पुष्टि गरेको छ।

आयोगले महाकाली नदीमा गत आर्थिक वर्ष २०७८/७९मा भीमदत्त नगरपालिकाले ठेक्कामा दिएको नदीजन्य वस्तु उत्खनन्मा ५ करोड ४३ लाख ३१ हजार ८ सय २७ रुपैयाँ घोटाला भएको पुष्टि गरेको हो।

आयोगमा परेको उजुरीका आधारमा छानबिन हुँदा भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखा, ठेकेदारलगायत विरुद्ध सो बराबरको विगो असुल गर्न आयोगले बुधबार काठमाडौँ जिल्ला अदालतमा आरोपपत्र दायर गरेको हो।

‘भीमदत्त नगरपालिका कन्चनपुरले भवानी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गर्दा ५ करोड ४३ लाख ३१ ह्जार ८ सय २७ रुपैयाँ ७६ पैसाब राबरको राजस्व रकम हानिनोक्सानी गरेको कसुर पुष्टि हुन आएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २९ चैत २०७९ १८:४५ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast