ढाकाकुमारले भने : मलाई फसाइयो, न्यायालयबाट क्लिनचिट लिएर फेरि आउँछु

हिमाल प्रेस २९ चैत २०७९ १७:३९ | Wednesday, April 12, 2023
ढाकाकुमारले भने : मलाई फसाइयो, न्यायालयबाट क्लिनचिट लिएर फेरि आउँछु ढाकाकुमार श्रेष्ठ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले आफूलाई स्वार्थ समूहले फसाएको दाबी गरेका छन्। व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

आफूलाई स्वास्थयमन्त्री बनाउन प्रसाईंसँग घूस मागेको अडियो बाहिरिएपछि पार्टीले उनलाई कारबाही गर्दै सांसद पद खोसेर पार्टीको साधारण सदस्यबाटसमेत निलम्बन गरेको छ। उनले आफ्नो विषयले निर्वाचनको मुखमा पार्टीलाई क्षति पुगेको भन्दै माफी पनि मागे।

‘मसंग जोडिएको अडियो भाइरल भइरहेको छ। त्यसले पार्टी, उपनिर्वाचन र आफ्नै मानप्रतिष्ठालई घात परेको हुनाले म आफैँ क्षमा प्रार्थी छु,’ उनले भने, ‘कहाँकहाँबाट जोडेर अडियो बनाएर बाहिर आएको छ। यसको विषयमा हिजोबाट नै न्यायालय गइसकेको छु।’ सबै कुरा न्यायालयमा प्रष्ट भनेर आफू क्लिन चिट पाएर पाउने उनको भनाइ थियो।

प्रकाशित: २९ चैत २०७९ १७:३९ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast