वीरगञ्ज कारागारको जीर्णोद्धार गर्न सांसद यादवको माग

हिमाल प्रेस २९ चैत २०७९ १५:०५ | Wednesday, April 12, 2023
वीरगञ्ज कारागारको जीर्णोद्धार गर्न सांसद यादवको माग फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले जीर्ण अवस्थामा रहेको वीरगञ्ज कारागारको जीर्णोद्धार काम तत्काल सुरु गर्न सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शौचालयको अभाव रहेको, कैदीबन्दीहरुले कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको र सुरक्षाकर्मीहरु तैनाथ हुने सुरक्षा पोष्टसमेत जीर्ण अवस्थामा रहेकाले सो कारागारको स्थलगत अवलोकन गरी सरकारले तत्काल जीर्णाेद्धार गर्नुपर्ने स्पष्ट पारे।

‘पर्सा जिल्लाको वीरगञ्ज कारागारको अवस्था अहिले जीर्ण बनेको छ। र, कारागार अहिले यातना गृह बनेको छ। कारगार सुधार्ने ठाउँ हो कि बिगार्ने ठाउँ हो? वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन। र, यसरी कोचाकोच गरेर कैदीबन्दी राख्नु अपराध हो कि होइन?,’ उनले भने, ‘शौचालयको समस्या उस्तै खराब छ। ९० वर्ष पुरानो यो कारगार अहिले जीर्ण छ। र, कारगारको सुरक्षामा तैनाथ प्रहरीहरूको सुरक्षा पोष्ट एकदमै जीर्ण भएको छ। कुनै बेला पनि दुर्घटना हुन सक्छ। यसकारण नेपाल सरकारलाई म अनुरोध गर्न चाहन्छु–वीरगञ्ज कारागारमा स्थलगत अवलोकन गरेर त्यसको निर्माणको काम सुरु गरियोस्।’

वीरगञ्ज कारागार ९० वर्ष पुरानो कारागार हो। यसको जीर्णोद्धार तत्काल नगरे गम्भीर दुर्घटनामा हुनेतर्फ पनि सांसद यादवले सरकारलाई सचेत गराएका हुन्।

 

प्रकाशित: २९ चैत २०७९ १५:०५ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast