नागरिकता विधेयकलाई अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ

हिमाल प्रेस २८ चैत २०७९ १६:२५ | Tuesday, April 11, 2023
नागरिकता विधेयकलाई अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ

लुम्बिनी- उप–प्रधानमन्त्री एंव गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता विधेयकलाई अगाडि बढाउने बताएका छन्। प्रेस सेन्टर रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले निष्क्रिय रहेको नागरिकता विधेयकलाई अगाडि बढाउने बताएका हुन्।

उनले कुनै पनि नागरिकलाई संवैधानिक रुपमा नागरिकता बिहीन बनाएर राख्न नमिल्ने बताए।

‘नागरिकता सम्बन्धित केही विषयमा राष्ट्रिय सहमति गर्नुपर्छ, सबै राजनैतिक पार्टी एवम राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तिहरूसँग छलफल गरेर टुग्यांइनेछ’ उनले भने।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले शान्ति प्रक्रियाको संविधानसभाबाट राजनैतिक परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने बताए।

श्रेष्ठले आफुले गृहमन्त्रालय सम्हालेदेखि नै आन्तरिक सुशासन र बाह्य सुशासनमा जोड दिएको बताए। प्रशासनिक र सुरक्षा निकायमा कतै पनि राजनीतिक दबाब र अन्य दबाबले भूमिका खेल्न नपाओस भनि आफू सतर्क रहेको बताए।

प्रकाशित: २८ चैत २०७९ १६:२५ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast