सुनसरीका इन्जिनियर घुससहित अख्तियारको नियन्त्रणमा

हिमाल प्रेस २७ चैत २०७९ २०:४७ | Monday, April 10, 2023
सुनसरीका इन्जिनियर घुससहित अख्तियारको नियन्त्रणमा

इटहरी– सुनसरीस्थित बर्जु गाउँपालिकाका इन्जिनियर अजय मेहतालाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पक्राउ गरेको छ।

मेहतालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार रूपैयाँ घुससहित विराटनगरबाट पक्राउ गरेको हो। घरनक्सा पासको लागि सेवाग्राहीबाट घुस लिएको आरोपमा मेहतालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालका अनुसार मेहतालाई विराटनगरको जामुनगाछि पुलचोकबाट पक्राउ गरेको हो। सुनसरीको देवानगञ्ज घर भएका मेहता छैटौं तहका कर्मचारी हुन्। पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको बताइएको छ।

प्रकाशित: २७ चैत २०७९ २०:४७ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast