मंसिर १५ मा ‘राधा’को विशेष सो हुने

हिमाल प्रेस १३ मंसिर २०७९ १३:२१ | Tuesday, November 29, 2022
 मंसिर १५ मा ‘राधा’को विशेष सो हुने

काठमाडौँ- फिल्म ‘द सेक्रेट्स अफ राधा’ को विशेष सो हुने भएको छ। मंसिर १५ मा काठमाडौँ, जमलस्थित विश्वज्योति सिनेमा हलमा फिल्म देखाइने जानकारी निर्माण पक्षले सार्वजनिक गरेको छ।

गत भदौ १० मा रिलिज भएको फिल्मले कम सो पाएको भन्दै निर्माण टिमले प्रदर्शनमा रोक लगाएको थियो।

भदौ १४ मा फिल्म निर्माण टिमले पत्रकार सम्मेलन गरेर फिल्मको प्रदर्शन स्थगित गर्ने घोषणा गर्‍यो। दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाए पनि फिल्म भदौ १५ देखि हलबाट हटेको थियो।

त्यसपछि निर्माण टिमले ‘राधा’लाई देशभर एकैचोटिभन्दा पनि क्षेत्रीय स्तरमा प्रदर्शनमा ल्याउने घोषणा गर्‍यो।

फिल्म ‘राधा’को तस्बिर ‘साउथ एसियन फिल्म फेस्टिभल’मा छनोट पनि भएको थियो।

फिल्ममा सृष्टि श्रेष्ठ, दयाहाङ राई, निश्चल बस्नेत, सौगात मल्ल, खगेन्द्र लामिछानेलगायत कलाकारको अभिनय छ। यस फिल्मबाट सौगात मल्ल निर्माताको रूपमा डेब्यु गरेका हुन्।

 

प्रकाशित: १३ मंसिर २०७९ १३:२१ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast