काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ल्याएको सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको कार्यक्रम भएको दाबी गरेका छन्। बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रमपछि बोल्दै उनले यस्तो दाबी गरेका हुन्। उनले अहिलेको न्यूनतम साझा कार्यक्रममा यसअघिको सरकारसँग रहेका दलहरू र अहिलेका सरकारमा रहेका दलहरूकै साझा रुपमा कार्यक्रम राखिएकाले सरकारले ल्याएको कार्यक्रम राष्ट्रिय सहमतिको भएको दाबी दाबी गरे।
कार्यक्रम कार्यान्वयनका लागि विशेष जोड दिन र कार्ययोजना बनाइ अघि बढ्न उनले सबैलाई निर्देशन दिए।
‘सरकारको न्यूनतम साझा कार्यक्रम पहिलाको भन्दा धेरै विकसित र परिमार्जित भएर आएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको न्यूनतम साझा कार्यक्रम, यसअघिको गठबन्धनबाट म प्रधानमन्त्री हुँदाको न्यूनतम साझा कार्यक्रमसमेतलाई अध्ययन गरेर त्यसमा भएका सबै राम्रा कुरालाई अझ व्यवस्थित रुपमा सरकारको यो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम बनेको छ,’ उनले भने।
साझा कार्यक्रमलाई कार्ययोजनामा ढालेर कार्यान्वयन गर्ने हो भने देशका समस्या समाधान दाहालको भनाइ छ। ‘यो विकसित र परिमार्जित भएर आएको छ। अहिले भएका १० दल र पहिलाको सरकारमा भएका पार्टीहरूको पनि दिमाग लागेको छ,’ उनले भने, ‘त्यसैले भन्ने हो भने यो राष्ट्रिय सहमतिकै साझा न्यूनतम कार्यक्रम भन्न सकिन्छ। यो राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम हो।’
प्रधानमन्त्री दाहालले न्यूनतम कार्यक्रलाई कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारी, राजनीतिक दलहरू सबैको रहेको बताए।