प्रचण्डसँग देश बनाउने उद्देश्य र नियत नै छैन : केपी ओली

हिमाल प्रेस १९ चैत २०७९ १९:१४
26
SHARES
प्रचण्डसँग देश बनाउने उद्देश्य र नियत नै छैन : केपी ओली फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारसँग देश बनाउने उद्देश्य र नियत नभएको बताएका छन्। आइतबार काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले विभिन्न दलहरू मिलेर बनेको सरकारसँग कुनै नीति र योजना नरहेको भन्दै देश बनाउने उदेश्य नरहेको बताएका हुन्।

उनले अहिले मन्त्रीलाई मात्र नभई प्रधानमन्त्रीलाई सोध्यो भने पनि देश बनाउँछु भन्न नसक्ने धारणा राखे। अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई विभिन्न शक्तिहरूले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको पनि बताए।

अहिलेको अवस्थामा देश बनाउने अभिभारा एमालेको काँधमा रहेको भन्दै आगामी निर्वाचनको तयारी अहिले देखिनै गर्नुपर्ने उनको भनाइ छ। ओलीले स्वार्थका आधारमा चल्नेहरू र इमान नभएकाहरूसँग कुनै पनि अवस्थामा एकता र गठजोर हुन नसक्ने जिकिर गरे।

दुई वर्षअघि नै पार्टी कव्जा गरेर एमालेलाई सिध्याउने खेल रचे पनि पार्टीलाई पुनर्गठन गरेर अहिले एमाले प्रमुख पार्टी बन्न सफल भएको ओलीको भनाइ छ।

ओलीले एमालेले हालैको निर्वाचनमा हाँसिल गरेको सफलता अझै पनि चिक्तबुझ्दो नभएको भन्दै राष्ट्रिय शक्ति निर्माणको लागि पार्टीले मिसन ग्रासरुट चलाएको पनि बताए।

 

प्रकाशित: १९ चैत २०७९ १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =