गणतन्त्र स्थापनापछि ठूला-ठूला समस्याहरू देखा परे : झलनाथ खनाल

हिमाल प्रेस १७ चैत २०७९ १७:२८ | Friday, March 31, 2023
गणतन्त्र स्थापनापछि ठूला-ठूला समस्याहरू देखा परे : झलनाथ खनाल फाइल तस्बिर/हिमाल प्रेस

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा गणतन्त्र स्थापना भएपछि ठूला-ठूला समस्या र चुनौतीहरू देखा परेको बताएका छन्।

शुक्रबार रिपोर्टस क्लव नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, स्थापना भएपछि ठूला-ठूला समस्या र चुनौतीहरू खडा भइरहेको उनको भनाइ छ।

अहिले अन्तर्राष्ट्रिय जगत पनि चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरूले संयमित भएर काम गर्न आवश्यक रहेको बताए।

‘अहिले देश जुन ठाउँमा उभिएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, स्थापना भएपछि हामी अघि बढ्दैछौं, तर अघि बढ्दा बढ्दै, हामी ठूला-ठूला समस्याहरू र चुनौतीबीचमा अहिले खडा भएका छौं, अन्तर्राष्ट्रिय जगत पनि चुनौतीपूर्ण अवस्थामा छ। एकदमै अनिश्चयपूर्ण अन्तर्राष्ट्रिय परिस्थिति हामी अहिले देखिरहेका छौं। कुन बेलामा कहाँ के हुन्छ, भन्न सकिँदैन। युद्ध भड्किने पो हो कि, विश्वयुद्ध हुने पो हो कि,’ उनले भने।

विश्वमा अहिले विश्वयुद्ध नै हुने हो कि भन्ने चिन्ता रहेको खनालले चिन्ता व्यक्त गरे।

प्रकाशित: १७ चैत २०७९ १७:२८ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast