खानेपानी मन्त्री अब्दुल खानले दिए पदबाट राजीनामा

हिमाल प्रेस १७ चैत २०७९ १५:०२ | Friday, March 31, 2023
खानेपानी मन्त्री अब्दुल खानले दिए पदबाट राजीनामा

काठमाडौँ- जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले पदबाट राजीनामा दिएका छन्। खानले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामा पत्र बुझाएका हुन्। जनमतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूले पाउनुपर्ने बताउँदै आए पनि गठबन्धनमा भागबन्डा गर्दा उक्त मन्त्रालय कांग्रेसले लिएपछि यो दल रुष्ट छ।

पुस ११ गते विनाविभागीय मन्त्री बनेका उनलाई माघ ३ गतेमात्रै खानेपानी मन्त्रीको जिम्मेवारी दिइएको थियो। उनले कृषि तथा उद्योग, आपूर्ति मन्त्रालय चाहिने भन्दै सुरुमा उनी असन्तुष्टि जनाएर मन्त्रालय नै गएनन्। माघ ११ गतेमात्रै उनले पदभार ग्रहण गरेका थिए। यो पार्टीले सुरुदेखि नै कृषि तथा उद्योग आपूर्ति मन्त्रालय आफ्नो दलले पाउनुपर्ने बताउँदै आएको छ।

प्रकाशित: १७ चैत २०७९ १५:०२ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast