रामहरि खतिवडाले संसदमा खोजे कोइरी

हिमाल प्रेस १५ चैत २०७९ १६:०२ | Wednesday, March 29, 2023
रामहरि खतिवडाले संसदमा खोजे कोइरी

काठमाडौँ– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद हाजिर गरेर टाप ठोक्ने हाटा थलो बन्न नहुने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘धेरै सांसदहरू संसदमा उपस्थित नै नहुने, उपस्थित भए पनि हाजिर गरेर टाप कस्ने गरेका छन्। यस्तो अवस्था सभामुखलाई थाहा छ कि छैन?,’ उनले महोत्तरीबाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरीतर्फ संकेत गर्दै भने,’महोत्तरीबाट निर्वाचित हुनुभएका माननीय कोइरीलाई पनि संसदमा देख्न सकिनँ। यसबारे सभामुख महोदयले जानकारी राख्नु भएको छ कि छैन?’

प्रधानमन्त्रीसहित सत्तापक्षका सांसद र प्रतिपक्षका अधिकांश सांसदहरू संसदमा उपस्थित नहुनुले संसदको गरिमामा आँच आउनेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: १५ चैत २०७९ १६:०२ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast