पदम लिम्बु मृत्यु प्रकरण : छानबिन समितिले थाल्यो काम

हिमाल प्रेस १५ चैत २०७९ ९:४४
4
SHARES
पदम लिम्बु मृत्यु प्रकरण : छानबिन समितिले थाल्यो काम

काठमाडौँ- कोशी प्रदेश नामाकरणको विरुद्धमा आन्दोलन गर्दा मृत्यु भएका पदम लिम्बूको छानबिन गर्न बनेको समितिले काम सुरु गरेको छ।

संघीय सरकारले चैत्र ११ गते सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएको थियो।

समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रजिअ शरद पोखरेल, नेपाल प्रहरीका उपरीक्षक नवीनराज राई, सशस्त्र प्रहरीका उपरीक्षक राजेश उप्रेती, राष्ट्रिय अनुसन्धान आयोगका उपनिर्देशक शेरजंगबहादुर चन्द र उपसचिव कृष्णबहादुर शाही छन्।

मंगलबारदेखि छानबिनको काम थालिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका छानबिन समितिका सदस्य शरद पोखरेलले बताए।
मोरङ र सुनसरीको जिल्ला सुरक्षा समितिसँग पनि छलफल गरेको उनले बताए।

छानबिन समिति मृतक लिम्बुको घरमा भने पुग्न सकेको छैन। आन्दोलनकारीको अवरोधका कारण घरमा पुग्न समस्या भएको समितिले जनाएको छ। गत चैत ५ मा विराटनगरमा आन्दोलन गर्दा लिम्बु घाइते भएका थिए।

आन्दोलनमा घाइते भएका पदम लिम्बुको चैत्र १० गते उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो। फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचान पक्षधरहरू आन्दोलित हुँदै आएका छन्।

प्रकाशित: १५ चैत २०७९ ९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast