कोभिड संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह

हिमाल प्रेस १५ चैत २०७९ ८:५१ | Wednesday, March 29, 2023
कोभिड संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो।

मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ।

भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ।

प्रकाशित: १५ चैत २०७९ ८:५१ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast