हान्टाभाइरसको संक्रमण नेपालमा पुष्टि छैन : स्वास्थ्यमन्त्री

हिमाल प्रेस ३० वैशाख २०८३ ९:३१ | Wednesday, May 13, 2026
10
SHARES
हान्टाभाइरसको संक्रमण नेपालमा पुष्टि छैन : स्वास्थ्यमन्त्री स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म हान्टाभाइरसको कुनै पनि संक्रमण पुष्टि नभएको स्पष्ट पारेको छ। पछिल्लो समय यस भाइरसका बारेमा भइरहेका विभिन्न चर्चा र आशंकाका बीच मन्त्रालयले एक आधिकारिक सूचना जारी गर्दै नेपालमा यसको तत्काल जोखिम अत्यन्त न्यून रहेको जनाएको हो।

मन्त्रालयका अनुसार हाल चर्चामा रहेको हान्टाभाइरस समूहको ‘एन्डिज भाइरस’ सार्ने विशेष प्रजातिको मुसा नेपालमा सामान्यतया पाइँदैन। जसका कारण नेपालमा यो भाइरस महामारीका रूपमा फैलिने सम्भावना नरहेको स्वास्थ्य विज्ञहरूको ठम्याइ छ।

प्रकाशित: ३० वैशाख २०८३ ९:३१ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast