यस्तो छ आजको मौसम

हिमाल प्रेस १५ चैत २०७९ ८:२२ | Wednesday, March 29, 2023
यस्तो छ आजको मौसम

काठमाडौँ- देशको पहाडी भूभागमा आंशिक बदली छ। स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो ​सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

पहाडी भूभागका एक/दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: १५ चैत २०७९ ८:२२ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast