हैसियतअनुसार हाम्रो पार्टीले तीन मन्त्रालय पाउनुपर्छ : झलनाथ खनाल

हिमाल प्रेस १४ चैत २०७९ १५:४७ | Tuesday, March 28, 2023
हैसियतअनुसार हाम्रो पार्टीले तीन मन्त्रालय पाउनुपर्छ : झलनाथ खनाल फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउनुपर्ने बताएका छन्।

आज मंगलबार मिटरब्याज पीडित किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन बानेश्वर पुगेका नेता खनालले पार्टीको हैसियतअनुसार तीन मन्त्रालय पाउनुपर्ने अडान रहेको बताएका हुन्।

‘हामीले हाम्रो हैसियतअनुसारको निर्णय गर्छौँ,’ उनले भने, ‘हामीले तीनवटा मन्त्रालय माग गरेका छौँ। यो हाम्रो अडान हो। प्रधानमन्त्रीलाई जानकारी पनि गराइसकेका छौँ।’

प्रकाशित: १४ चैत २०७९ १५:४७ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast