लागूऔषधसहित तीन पक्राउ

हिमाल प्रेस १४ चैत २०७९ ७:१० | Tuesday, March 28, 2023
लागूऔषधसहित तीन पक्राउ

बारा- इलाका प्रहरी कार्यालय सिमराले २ वटा लरी ट्रकमा लुकाएर ल्याएको अवस्थामा लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ।

वीरगन्जबाट पथलैयातिर आउँदै गरेको मधेश प्रदेश ०३–००१– क २२४२ र ०३–००१ क २२४३ नं लरी ट्रक चेकजाँच गर्ने क्रममा क्याबिनको सिटमुनि लागूऔषध फेला परेको हो ।

२२४२ नम्बरको लरी ट्रकबाट नाइट्रोभेट टयाब्लेट १५० पिस, नाइट्राजेपाम टयाब्लेट ४० पिस, फेनरगन २६ वटा, नुफिम २६ वटा, डाइजापाम २६ वटा र २२४३ नं लरी ट्रकबाट नाईट्रोभेट टयाब्लेट ७५ पिस, नाईट्राजेपाम टयाब्लेट ८० पिस, फेनरगन २८ वटा, नुफिम २८ वटा डाईजापाम २८ वटा फेला परेको हो ।

गोप्य सूचनाका आधारमा इप्रका जीतपुर र सिमराबाट खटिएको प्रहरी टोलीले लागु औषध बोकेको लरी ट्रक सहित नियन्त्रणमा लिएका ३ जनाको नाम भने सार्वजनिक गरेको छैन। नियन्त्रणमा लिएका सबैलाई सोमबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको इप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले जनाएका छन्।

बारा पर्सा औद्योगिक कोरिडोरको बाटो हुँदै भारतबाट सामान बोकेर आउने गाडी तथा पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू लुकाइछिपाइ लागूऔषधको धेरै ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ।

बारा पर्सामा लागूऔषधको ठुलो गिरोह रहेको र कोरिडोरको बाटो हुँदै मकवानपुर, काठमाडौँ, पोखरासम्म यी लागूऔषधका टब्यालेटहरु पुग्ने गरेको जनाइएको छ।

प्रकाशित: १४ चैत २०७९ ७:१० | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast