गाउँमै नुन डिपो, खुसी स्थानीय

हिमाल प्रेस १२ चैत २०७९ २१:५७ | Sunday, March 26, 2023
गाउँमै नुन डिपो, खुसी स्थानीय

मान्म- कालीकोटको पचालझरना गाउँपालिका-८ को भैँसीसेन गाउँमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको छ। नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको जिल्ला शाखाको समन्वयमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको हो।

आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरिएको पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले बताए। ‘आयोडिनयुक्त नुन ल्याउनका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अब सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ।’

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड जिल्ला शाखाको सहकार्यमा गाउँमा नै नुन डिपोको स्थापना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विश्वकर्माले बताए। ‘आयोडिनयुक्त नुन ल्याउनका लागि यहाँबाट सदरमुकाम जान र आउनका लागि कम्तीमा तीन हजार रुपैयाँ खर्च हुने गरेको थियो। त्यहाँ गएर पनि एकजनाले पाँच किलो मात्रै नुन पाउँथ्ये’ उनले भने, ‘प्रतिकिलो नौ रुपैयाँ पर्ने नुनका लागि ल्याउन जाँदा खर्च बढी हुने गरेकामा अब त्यो हट्ने भएको छ।’

पचालझरना गाउँपालिकाको लामो प्रयासपछि डिपो स्थापना गरिएको गाउँपालिका अध्यक्ष शाहीले बताए। गाउँमै नुनको डिपो स्थापना भएपछि यहाँका स्थानीय खुसी भएका छन्। रासस

प्रकाशित: १२ चैत २०७९ २१:५७ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast