नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा तालिम

हिमाल प्रेस १२ चैत २०७९ १८:५७ | Sunday, March 26, 2023
नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा तालिम

काठमाडौँ- जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्तालाई तालिम दिएको छ। कम्पनीले अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रशिक्षकबाट आइतबार इटहरीमा तालिम दिएको हो। प्रशिक्षण कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट पाँच सय जनाभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालको पनि उपस्थिति थियो। कार्यक्रमलाई विदेशमा रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थिति जनाए। अभिकर्तालाई दिइएको तालिमले सिकाइमा थप टेवा पुग्ने पराजुलीले बताए। सहभागीलाई मुम्बईका सफल जीवन बीमा अभिकर्ता विजयकुमार झाले गरे।

प्रकाशित: १२ चैत २०७९ १८:५७ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast