पार्टी स्वार्थभन्दा माथि उठेर देश विकासको काम गर्न पूर्वमुख्यमन्त्री शाहीको आग्रह

हिमाल प्रेस ११ चैत २०७९ २०:४८ | Saturday, March 25, 2023
पार्टी स्वार्थभन्दा माथि उठेर देश विकासको काम गर्न पूर्वमुख्यमन्त्री शाहीको आग्रह

सुर्खेत– कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता जीवन शाहीले पार्टीगत स्वार्थभन्दा माथि उठेर देश विकासका काम गर्नुपर्ने बताएका छन्। कर्णाली प्रदेश समितिको आयोजनामा सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रदेशका पुर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले राम्रो काम गर्दा आफ्नै मान्छेहरूले पनि खुट्टा तान्न सक्ने हुँदा यसतर्फ पनि विचार गर्न उनले सुझाव दिए। ‘देश विकासको काम गर्दा पार्टी सम्बन्धित रहेर होइन देशका लागि नै हो भनेर काम गर्नुपर्छ,’ उनले भने।

देशका लागि आवाज उठाउन आफू सधैं जनताको साथमा रहेको पनि उनले जानकारी दिए।

यस प्रदेश अधिवेशनबाट जिम्मेवारी प्रप्त गरेको निर्विरोध समितिले बन्द सत्रमा बसेर सार्वजनिक सेवा कर्मचारी संघबीच छलफलपश्चात प्रदेश समिति सर्वसहमतिमा निर्वाचन गरिएको छ। भानुभक्त खड्काको अध्यक्षसहित १६ जनाको सदस्यहरू रहेको छन्।

प्रकाशित: ११ चैत २०७९ २०:४८ | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast