नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

हिमाल प्रेस ११ चैत २०७९ ८:३७ | Saturday, March 25, 2023
नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिएको छ।

आज एक सूचना प्रकाशित गर्दै महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न सूचित गरेको हो।

एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सो को खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ।

 

प्रकाशित: ११ चैत २०७९ ८:३७ | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast